यस्ता छन् आज सेयर मूल्य बढेका कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २२ लाख ८३ हजार कित्ता सेयर ५ अर्ब ४१ करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७० वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल एसबीआई बैंकको ९.७५%, पिपल्स् हाइड्रोपावरको ८.०५%, सनराइज ब्लुचीप फण्डको ७.६७%, समृद्वि फाइनान्सको ६.१८%, आरबीबी म्यूचल फण्डको ६.०१%, माथिल्लो मैलुङ खोलाको ५.७८%, कुमारी धनवृद्वि योजनाको ५.३२%, साहस उर्जाको ५.१७%, सुपर मादी हाइड्रोपावरको ५.१०%, मिथिला लघुवित्तको ४.६६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स