यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने कम्पनी

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ ।

बिहीबार, नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २२ लाख ८३ हजार कित्ता सेयर ५ अर्ब ४१ करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७० वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनएलजी इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३४ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, साहस उर्जाको २४ करोड ९३ लाख, आईसीएफसी फाइनान्सको २४ करोड ९२ लाख, पिपल्स् हाइड्रोपावरको २४ करोड ५५ लाख, समृद्वि फाइनान्सको १९ करोड ७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स