काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ६ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । छ । यो गत वर्षको सोहि अवधिको तुलनामा २९.१६ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा बैंकले ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकले ५४ करोड ६२ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको तुलनामा २७.६१ प्रतिशतले बढी हो । गत वर्षको ुोहि अवधिमा बैंकले ४२ करोड ८० लाख खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको सञ्चालन नाफा २७.५९ प्रतिशतले बढेर ८ करोड ७३ लाख पुगेको छ ।
बैंकको इम्पेयरमेन्ट चार्ज भने १७ करोडबाट बढेर ३५ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा पनि बढेर ४.६५ प्रतिशत कायम भएको छ ।
त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी ७.२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४६.९४ रुपैयाँ कायम भएको छ ।