काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा २८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा २३.१७ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा बैंकले २२ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकले १ अर्ब ११ करोड ७ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको तुलनामा ६.३७ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ४ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको अन्य आम्दानी ४७ लाखबाट बढेर ३ करोड ३० लाख पुगेको छ ।
बैंकको इम्पेयरमेन्ट चार्ज ३८ करोड ७७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, वितरणयोग्य नाफा ६२ करोड ९० करोड रहेको छ ।
बैंकको सञ्चालन आम्दानी १ अर्ब ३० करोड कायम भएको छ भने सञ्चालन नाफा १७.७५ प्रतिशतले बढेको छ ।
बैंकको जगेडा कोषमा ३ अर्ब १८ करोड रुपैयाँ जम्मा रहेको छ ।
७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५४.१० रुपैयाँ रहेको छ ।