नेपाल पुनर्बीमा कम्पनीको संचालक समितिका नवनियुक्त अध्यक्ष ढुंगानाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष देवराज ढुंगानालाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष ढुंगानालाई पद तथा गोपनीयताको शपथ गराएको हो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा लगायत पदाधिकारीहरू उपस्थित थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स