काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर १ लाख ६६ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ३५ रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले घटेर २ हजार ९५ रूपैयाँ कायम भएको छ ।