नेपाल बैंकको नाफा ६० करोड २१ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले बैंकले ६० करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२२.९८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १४ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.४३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७.०३ प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ०.०८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५६४.६१ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षमा घटेर ६८ करोड ८४ लाख रुपैयाँमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

बैंकको वितरणयोग्य मुनाफा ९४ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २५.८० रुपैयाँ रहेको छ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष ४.५३ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकको निक्षेप १.१२ प्रतिशत र कर्जा तथा सापटी २.७९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १२.५१ रुपैयाँले बढेर १६.३९ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ २६४.७१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १७.९८ गुणा रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स