प्राइम कमर्सियल बैंकको नाफा १ अर्ब २८ करोड

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.७५ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा बैंंकले १ अर्ब १५ करोड खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.६७ र सञ्चालन नाफा ११.१५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २१ करोड रुपैयाँमा रहेको बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ४१ करोड रुपैयाँ पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १० अर्ब ९ करोड रुपैयाँ नाघेको छ । बैंकको खराब कर्जा ३.६७ प्रतिशतबाट बढेर ४.८६ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २६.५३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६६.११ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स