सानिमा बैंकको नाफा १७.२७ प्रतिशतले घट्यो

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको असोज महिनासम्ममा बैंकले ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याृ गत आवको सोहि अवधिको तुलनामा १७.२७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले ४८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.२६ प्रतिशत, कुल संचालन आम्दानी ५.१५ प्रतिशत तथा खुद संचालन आम्दानी २०.८० प्रतिशतले घटेको छ। जसले गर्दा बैंकको खुद नाफा घट्न पुगेको हो।

बैंकको जगेडा कोष ५.३७ प्रतिशत, निक्षेप १.३४ प्रतिशत र कर्जा तथा सापटी ०.९२ प्रतिशत बढेको छ ।

त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७१ करोड ३५ रुपैयाँ रहेको छ ।

१३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्त पुँजी रहेको बैंकको प्रतिसेयर आम्दानी १७.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.९६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स