हिमालयन बैंकको नाफा ७२ करोड ६४ लाख

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको असोज महिनासम्ममा बैंकले ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ३१.२२ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले २ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको तुलनामा २२.८८ प्रतिशतले कम हो । गत आवको सोहि अवधिमा बैंकले ३ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको सञ्चालन नाफा भने २०.२२ प्रतिशतले बढेर १ अर्ब ८१ करोड पुगेको छ । बैंकको खराब कर्जा ४.६७ प्रतिशतबाट बढेर ४.९८ प्रतिशत पुगेको छ ।

बैंंकको वितरणयोग्य नाफा भने ३ अर्ब ४८ करोड रुपैयाँ ऋणात्मक रहेको छ भने जगेडा कोषमा २० अर्ब ७४ करोड रुपैयाँ जम्मा रहेको छ ।

२१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर आम्दानी १३.४२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७९.६८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स