काठमाडौं । वणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर जारी गरेका हुन् ।
बाणिज्य बैंकहरुले मंसिर महिनाका लागि व्यक्तिगत निक्षेपमा अधिकतम १०.०५ प्रतिशत र संस्थागत निक्षेपमा अधिकतम ९.०५ प्रतिशतसम्म ब्याजदर घोषणा गरेका छन् ।