काठमाडौं । नेपाल एसबीआई बैंकको नाफामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०१ प्रतिशत बढी बैंकले सार्वजनिक गरेको विवरणले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
असोज मसान्तसम्ममा १ अर्ब ८६ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३६ पैसा रहेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी ०.४७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७८.२६ प्रतिशत बढेको छ। बैंकको खराब कर्जा २.३५ प्रतिशतबाट घटेर १.८४ प्रतिशतमा झरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ७८ पैसा बढेर ३१ रुपैयाँ ३ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ४६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.११ गुणा रहेको छ ।