भारतबाट काठमाडौंमा अवतरण गरेको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाले सर्च गर्दै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ ।

भारतको नयाँदिल्लीबाट आएको भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाजमा बम राखिएको भनि फोन आएको विमानस्थल स्रोतले जनाएको छ ।

बम राखेको खबर पाएपछि नेपाली सेनाले उक्त जहाजको खानतलासी सुरु गरेको छ । बम राखिएको हल्ला फैलिएपछि अहिले काठमाडौं विमानस्थलमा उडान–अवतरण रोकिएको छ ।

हल्ला सत्य हो या गलत भन्ने सूचना भने आउन बाँकी रहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स