नेप्सेमा हाथ्वे इन्भेष्टमेन्टको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । मंगलबार, कम्पनीको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

कम्पनीको आजको अन्तिम कारोबार मूल्य १४३९.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य १३०९ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब भोलि बुधबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स