बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन सुरु, बीमा पँहुच विस्तारमा जोड

काठमाडौं। समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आईसीआईआई २०२४ आज कात्तिक ६ गते देखि काठमाडौंमा सुरु भएको छ ।

नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसियसन द्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सो सम्मेलनको २० औं संस्करण आयोजना गरिएको हो ।

कत्तिक ९ गते सम्म हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरु तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रीत गरी समावेशी बिमालाई परिस्कृत गर्ने लगाएतका विषयमा विस्तृत छलफल हुने छ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल बीमा प्राधिकरण का अध्यक्ष सुर्यप्रसाद सिलवालले जलवायु जोखिम बीमा लघुबीमा डिजिटल प्रविधि अवलम्वन र समावेशी बीमाका क्षेत्रमा आइपर्ने अवरोधहरु हटाउने सम्बन्धी रणनीतिहरु लगायतका विषयमा सहभागीहरू बीच छलफल केन्द्रित रहने उल्लेख गरे।

सम्मेलनका विभिन्न सत्रहरुमा जलवायु परिवर्तन र प्रकोप र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरू, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवम अवलम्बन जस्ता मुख्य विषयमा विभिन्न कार्यपत्र प्रस्तुतीका साथै कार्यपत्रमाथी छलफल हुने अध्यक्ष सिलवालले जानकारी दिए ।

आयोजकका अनुसार सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदारी गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरु गरी ४ सय भन्दा बढीको सहभागिता रहने छ ।

समाजमा आर्थिकरुपमामा पछाडि परेका वर्ग र लघु साना तथा मझौला उद्योगहरूको वित्तीय जोखिम न्युनिकरणका लागि समावेशी बीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुंगा साबित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स