थ्रीस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापुँजी ४९ करोड २५ लाखको १ः१ बराबरको हकप्रद सेयर निश्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले हकप्रद निश्काशनको प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय समेत गरेको छ ।

आयोगले पूर्वस्वीकृति लिएर हकप्रद सेयर निष्काशन प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ ।

नियामकको स्वीकृतिपछि हकप्रद सेयर जारी भएमा कम्पनीको चुक्ता पुँजी ९८ करोड ५० लाख रुपैयाँ हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स