समग्र व्यवसायीकै अपमान हुने गरि किन भैरहेकोछ मीनबहादुर गुरुङ र एमाले प्रति टिका टिप्पणी ?

मोतिलाल दुगड
उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख, नेकपा एमाले

नेकपा एमाले संसदको दोस्रो ठूलो दल हो । हाल सत्तामा रहेको यस पार्टीको अध्यक्ष कमरेड केपी शर्मा ओली अहिले देशको सम्माननीय प्रधानमन्त्री हुनुहन्छ । देश विकासको एजेण्डामा बहस गर्ने र काम गर्ने छवि बनाएका उहाँ जनताको माझ लोकप्रिय हुनुहन्छ । र एमाले पार्टी समेत देशमा लोकप्रिय रहेको निर्वाचनको मत परिणामले देखाएको नै छ ।

यस्तो अवस्था रहँदारहँदै पछिल्लो समय एक विषय बहसमा आएको छ । एमाले पार्टीको केन्द्रिय कार्यालय शिलन्यास भएपछि सामाजिक सञ्जालदेखि अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुले अनावश्यक बहस गरिरहेको छन् । जुन विषय आफैमा गलत मनसायले भैरहेको देखिन्छ ।

कीर्तिपुर नगरपालिका,२ मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गामा एमालेको नयाँ भवन बनाउन लागिएको छ ।
एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बाढीले क्षति पुर्याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो ।

उक्त जग्गा नेपालका प्रतिष्ठित व्यवसायी अर्थात् भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र उहाँको धर्मपत्नि सावित्री गुरुङले एमालेलाई दान गर्नुभएको हो । साथै उहाँहरुले भवन समेत निर्माण गरिदिने बताउनु भएको छ ।
यस विषयलाई लिएर विभिन्न तर्क वितर्क भैरहेको छ जुन विषयले नेपालको समग्र व्यवसायी क्षेत्रलाई नै असर गरेको छ ।
नेपालको सबैजसो राजनितिक पार्टी तथा दलहरु दान, चन्दा र सहयोगबाट नै संचालन हुँदै आएको सर्वविवितै छ । धेरै व्यवसायीहरुले धेरै राजनितिक दलहरुलाई सहयोग गरेको त प्रमाणहरु खोजिरहनु पर्दैन । जता पनि उपलब्ध छन् । त्यस्तै गरि अन्तराष्ट्रिय अभ्यासहरु हेर्दा पनि सहयोगहरु भैरहेको हुन्छ ।

यस्तो अवस्थामा एमाले पार्टीले आफ्नो पार्टी कार्यालयमा क्षति पुगेपछि सहयोग लिएर नयाँ भवन बनाउनु कुनै दृष्टिकोणमा पनि गलत छैन ।

यसमा अर्को महत्वपूर्ण विषय भने पार्टीका आदरणीय अध्यक्ष ज्यू प्रति समेत आक्रमणको प्रयास भैरहेको छ । जुन आफैमा अनावश्यक देखिन्छ । पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री ज्यूले व्यक्तिगत सहयोग लिनुभएको हैन । उहाँले आफूलाई लाभहुने गरि कुनै निर्णय नै लिुन भएको छैन । पार्टीको भविष्यलाई समेत राम्रो हुने हिसावमा दान स्विकार गर्ने निर्णय लिदा उहाँ माथि खण्डन गर्ने त ठाउँ नै देखिदैन ।

यसमा प्रतिष्ठित व्यवसायी मीनबहादुर गुरुङलाई समेत नकरात्मक टिका टिप्पणी भएको छ । त्यसले भने समग्र उद्योगी तथा व्यवसायीको शिर निहुराउने अवस्था सिर्जना भएको छ ।

प्रतिस्पर्धि बजारबाट कमाएको पैसा सेवा भावले कसैलाई दान दिन्छु भन्न पनि नपाउने अवस्था आएको छ । आफ्नो धर्म संस्कृतिले नै कमाएको पैैसाको केहि हिस्सा दान पुण्यमा लगाउनु पर्छ भन्ने मान्यता राख्छ । सोहि अनुसार उहाँले एमाले मात्रै नभई अन्य पार्टीलाई समेत विभिन्न कालखण्डमा विविध सहयोग गर्दै आउनु भएको छ । यसमा भने कसैले लेखा जोखा नै गरेको छैन ।

उहाँले राजनितिक पार्टी मात्रै हैन , अन्य स्थानमा समेत सहयोगी भावना राख्दै आउनु भएको छ । समाजिक कार्यमा उहाँले पुर्याएको योगदानको कदर देशले नै गर्नुपर्ने अवस्था छ ।

अर्को महत्वपूर्ण विषय त भाटभटेनी सुपरमार्केक विस्तार गर्दै लैजाँदा उनले हजारौ नेपालीलाई रोजगारी प्रदान गर्दै आउनु भएको छ । त्यस्तै गरि अर्बौ रुपैंया राजस्व देशलाई तिर्दै आउनु भएको छ । यसको कदर गरेर नेपालको अर्थतन्त्र विकासमा लाग्नु पर्नेमा नकरात्मक टिका टिप्पणी गरि समग्र व्यवसायीहरुलाई नै निरुत्साहित गर्ने काम भएको छ ।

उद्योगी व्यवसायीले लगानी गर्छन् , नेपाली जनतालाई नै रोजगारी दिन्छन् , राज्यलाई कर तिर्छन् र बचेको मुनाफा लिन्छन् सो मुनाफा पनि दान, सहयोग सद्भावमा खर्च गर्ने इच्छा राख्छन् त्यसमा पनि नराम्रो टिका टिप्पणी हुन्छ भने उक्त विषय कुनै हालतमा फलदायी बन्न सक्दैन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स