करिब ६ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ ।

सोमबार, नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३८ लाख ६३ हजार कित्ता सेयर ५ अर्ब ९० करोड ७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२१ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २२ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, न्याङदी ग्रूपको १७ करोड ७६ लाख, कुमारी बैंकको १७ करोड ६८ लाख, गुडवील फाइनान्सको १४ करोड २४ लाख, नेपाल फाइनान्सको १३ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स