काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बलेफी हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि अनुमति प्रदान गरेको छ ।
बोर्डले कम्पनीलाई कात्तिक ४ गते हकप्रद सेयर निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।
योसँगै, कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७०० कित्ता सेयर निष्काशन गर्नेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।