सपोर्ट लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक ४ गते बसेको सञ्चालक समिति बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्त पुँजीको १३.७७५ प्रतिशत बोनस सेयर र ०.७२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकलेट स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १० करोड ७६ लाख १८ हजार ९४० रूपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स