ग्लोबल बायो इनर्जी उद्योगमा भीषण आगलागी

बिराटनगर । मोरङको कटहरी औद्योगिक क्षेत्रमा रहेको ग्लोबल बायो इनर्जी उद्योगमा भीषण आगलागी भएको छ ।

कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी उद्योगमा बुधबार बिहान भीषण आगलागी भएको हो ।

उद्योगमा के कारणले आगलागी भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि विराटनगर, इटहरी, कानेपोखरी, रंगेली, दुहवीलगायत स्थानबाट दमकल पठाइएको छ ।

उद्योगले पुराना टायर पेलेर तेल उत्पादन गर्दै आएको थियो । आगो नियन्त्रण गर्नका लागि स्थानीय र सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स