काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।
आइतबार, नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड ८ लाख ६८ हजार कित्ता सेयर ८ अर्ब १८ करोड २ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२६ वटा कम्पनीको घटेको छ ।
त्यसैगरि, गुडवील फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४५ करोड ७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, कुमारी बैंकको ३७ करोड ८७ लाख, हिमालयन रि इन्स्योरेन्सको २६ करोड ५ लाख, एचआईडीसीएल प्रमोटरको २३ करोड २६ लाख, न्याङदी ग्रूपको २१ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।