टी-२० क्रिकेटस् नेपाल र अमेरिकाबीचको खेलमा नेपाल विजय

काठमाडौं । नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० क्रिकेट प्रतियोगिता सुपर ओभरमा पुगेको छ।

अमेरिकाको डालासस्थित ग्राउण्ड पेरी स्टेडियममा जारी खेल सुपर ओभरमा गएको हो।

नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा प्रवेश गरेको छ।

ओभरको अन्तिम बलमा जस्सी सिंह रनआउट भएपनि खेल सुपर ओभरमा पुगेको हो।

त्यसअघि अमेरिकाको डालासस्थित ग्राउण्ड पेरी स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स