कर दिवसः सिद्धार्थ राणादेखि वाणिज्य बैंकमा बढी कर तिर्ने नबिल बैंक र नेपाल टेलिकम सम्मानित

काठमाडौं । सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसर पारेर विभिन्न क्षेत्रमा धेरै कर तिर्ने व्यवसाय र व्यक्तिलाई सम्मान गरेको छ । कर बुझाउनेमा वाणिज्य बैंकका तर्फबाट नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले सम्मान ग्रहण गरेका छन् ।

त्यसैगरी सर्वाधिक कर बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सम्मानित भएको छ । व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ राणा सम्मानित भएका छन् । उनी टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अध्यक्ष हुन् ।

सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ । कम्पनीका वरिष्ठ उपाध्याक्ष रवि केसीले सम्मान ग्रहण गरेका छन् । भ्याटमा अनुशासित भएको भन्दै घोराही सिमेन्टले सम्मान पाएको छ ।

निर्यात उद्योगतर्फ शशिरञ्जन मिश्र, डाबर नेपालले सर्वाधिक कर बुझाएको छ । विशेष उद्योगतर्फ गोपाल श्रेष्ठ सम्मानित भएका छन् । उनी एसियन पेन्टसका प्रमुख हुन् । कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेकले बढी कर बुझाएको भन्दै सम्मानित भएको छ ।

सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था सम्मानित भएको छ । छिमेकबाट गणेश घिमिरेले सम्मान ग्रहण गरेका छन् । सेवामा नोबेल हस्पिटलले पनि धेरै कर तिरेर सम्मानित भएको छ भने पर्यटनबाट तारागाउँ रिजेन्सी(ह्यात) बढी कर तिरेर सम्मानित भएको छ । भाटभटेनी पनि बढी कर तिर्नेमा परेको छ । भाटभटेनीका कल्याण गुरुङले सम्मान ग्रहण गरेका छन् ।

हिमाल पावर कम्पनीले पनि सम्मानित भएको छ। कम्पनीबाट उमेश शर्माले सम्मान ग्रहण गरेका छन्। बीमा कम्पनीका तर्फबाट नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएको छ ।

सरकारले १० औं कर दिवसको अवसरमा दर्जन करदातलाई सम्मान गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स