७ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.२६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ८८ लाख ७ हजार कित्ता सेयर ७ अर्ब १९ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४२ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कुमारी बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३३ करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआईडीसीएल प्रमोटरको २६ करोड ६२ लाख, हिमालयन रि इन्स्योरेन्सको २० करोड २३ लाख, नेपाल ङादी ग्रुप पावरको १८ करोड ५६ लाख, गुडवील फाइनान्सको १८ करोड ३९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स