प्रभु बैंकको ३ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ६९ हजार ८५ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

उक्त सेयर खरिदका लागि लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स