विदेशी मुद्रा सटहीमा लिइयो खुकुलो नीति, वस्तु आयात र विदेश जानेको लागि सीमा बढाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा खुकुलो नीति लिएको छ । आज एक सर्कुलर जारी गर्दै विदेशी मुद्रा चाहनेको लागि सीमा बढाएको हो ।

राष्ट्र बैंकले विदेश जानेर वस्तु आयत गर्न चाहनेको लागि खुकुलो नीति लिइएको छ ।

नेपाल राष्ट्र बैंकले सटही सुविधा प्राप्त भएको ९० दिनभित्र सामान आयात गरिसक्नुपर्ने व्यवस्थालाई संशोधन गरिदिएको छ । अब अब १२० दिन सम्म वस्तु आयत गरे हुने व्यवस्था गरिदिएको हो ।

त्यस्तै गरि ट्रान्सपोर्ट डकुमेन्टको अवधि बढाएको छ ।

होटलहरूले प्रति ग्राहक अधिकतम ३ सय डलर साट्न पाउने व्यवस्थालाई १ हजार डलर बनाइएको छ ।

हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेण्टका एक लाख डलरसम्मका पार्टपूर्जा आयात गर्न पाउने व्यवस्था समेत गरेको छ ।

यो १० हजार डलरबाट ९० हजार डलर बनाइएको हो ।

राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार विदेश जान चाहनेको लागि समेत डलर सटहीको सीमा बढाइएको छ । अस्ट्रेलिया रोजगारीमा जानेहरुले ५०० अमेरिकी डलर सटही सुविधा पाउने भएका छन् ।

युरोप, जापान, अमेरिका, क्यानडा र दक्षिण कोरिया ले ५ सय डलर पाउँदै आएकोमा अस्ट्रेलियाको नाम समेत थप भएको हो ।

विदेशमा उपचार गराउने तथा औषधि उपकरण खरिदका लागि विदेशी मुद्रा सटहीको सीमा १० हजारबाट १५ हजार पुयाइएको सर्कुलरमा उल्लेख छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स