२ पांग्रे सवारी बजारमा लक्ष्मी ग्रुपको इन्ट्री, शुरुवात हिरो इलेक्ट्रिकबाट

काठमाडौं । प्रतिष्ठित औद्योगिक घरना लक्ष्मी ग्रुपले २ पांग्रे सवारी साधन बिक्री गर्ने भएको छ । ग्रुपले नेपालमा इलेक्ट्रिक दुई पांग्रे विक्री वितरण शुरु गर्ने तयारी अघि बढाएको छ । ग्रुपले भारतको चर्चित इलेक्ट्रिक स्कुटर निर्माता हिरो इलेक्ट्रिको उत्पादन नेपाली बजारमा बिक्री वितरण शुरु गर्न लागेको हो ।

कम्पनीले इलेक्ट्रिक दुई पांग्रे विक्रीका लागि आफ्नो छुट्टै युनिट गठन गरिसकेको लक्ष्मी ग्रुपका एक अधिकारीले नाम उल्लेख नगर्ने गरी बताए ।

उनका अनुसार सम्भवत कम्पनीले जनवरीदेखि नेपाली बजारमा इलेक्ट्रिक २ पांग्रेको औपचारीक विक्री शुरु गर्नेछ ।

२०३० साल पुस ५ गते लक्ष्मी मिठाइ भण्डारका रुपमा स्थापना भएको ग्रु हाल राष्ट्रियस्तरकै लोकप्रिय औद्योगिक तथा व्यापारिक घरानाको रुपमा रहेको छ ।

लक्ष्मी ग्रुप अन्तर्गत दर्जनभन्दा बढी कम्पनी सञ्चालन छन् । लक्ष्मी ग्रुपले सुजल डेरी, सुजल फुड्स, सुजल प्लास्कि, जया प्इाकेजिङ, जया कन्फेक्सनरी, जयामा टेक्नो सेन्टर सञ्चालनमा छ । हुन्डाई तथा बीएमडब्ल्यू जस्ता चर्चित ब्राण्डको आधिकारीक वितरकको रुपमा ग्रुप रहेको छ ।

चार पांग्रे सवारीको बिक्रीमा राम्रो सफलता प्राप्त गरिरहेको लक्ष्मी ग्रुपले अब २ पांग्रेमा पनि प्रवेश गर्न लागेको हो । पछिल्लो समयम नेपालमा इलेक्ट्रिक सवारी साधनको प्रयोग बढ्दो क्रममा छ । २ पांग्रे सवारीमा लक्ष्मी ग्रुपको प्रवेशसँगै नेपालमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको विश्वसनियता बढ्ने विश्वास गर्न सकिन्छ । यसले इलेक्ट्रिक २ पांग्रेको प्रयोग र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स