सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य वृद्धि भएको छ । दसैंपछिको दोस्रो दिन सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार चाँदीको मूल्यमा समेत वृद्धि भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ हजार ९ सय ५० रुपैयाँ प्रतितोला कायम भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स