एनआईसी एशिया बैंकले घटायो ब्याजदर

काठमाडौं । एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.९९ प्रतिशत र संस्थागततर्फ ५.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

अघिल्लो असोज महिनामा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

बैंकले साधारण बचत खातामा न्यूनतम ३.२७ प्रतिशतदेखि अधिकतम ५.२७ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । अघिल्लो महिनामा पनि बैंकले यही ब्याजदर कायम गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स