एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ सम्मको संचिति मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि २ प्रतिशत नगद लाभांश गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पँुजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स