काठमाडौं । असोज २९ गते मंगलबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेको छ ।
दशैं बिदा अघि असोज २३ गते बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले बढेर १ लाख ६० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, असोज २३ गते बुधबार चाँदीको मूल्य प्रतितोला १९ सय रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १९ सय २५ रूपैयाँ कायम भएको छ ।