आधुनिक समयको आवश्यकता र नोस्टाल्जियाको मिश्रणः नोकिया ६३१०

काठमाडौं । ओरिजनल्स परिवारको यो सबैभन्दा नयाँ सदस्यले प्रख्यात नर्डिक बिल्ड–क्वालिटीमा र्याप गरिएको कनेक्टिभिटी र एक्सेसिबिलिटीको सुविधाहरू उपलब्ध गराउँदछ ।

मन पराउनुहोस्ः यसमा पुनः डिजाइन गरिएको कभ्र्ड स्क्रिनको साथ क्लासिक रेट्रो उपलब्ध रहेको छ जसले तपाईंलाई थप स्पष्टताका साथ हेर्न मद्दत गर्दछ ।

भरोसा गर्नुहोस्ः यसमा रहेको अल न्यू जुम इन मेनुहरूले नोकिया ६३१० लाई सरल र प्रयोग गर्न सजिलो बनाउँछ ।
अप्नाउनुहोस्ः पोली कार्बोनेट शेलको मद्दतले नोकिया ६३१० लाई आधुनिक दैनिक जीवनलाई प्रयोग गर्नको लागि पर्याप्त बलियो बनाएको छ ।

इस्पो, फिनल्याण्ड ३० कार्तिक २०७८-एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले ब्रान्ड-न्यू नोकिया ६३१० को घोषणा गरेको छ। यस उपकरणले २.८ इन्च स्क्रिनको साथ नोकिया ६३१० को ओरिजिनल र आइकोनिक सिल्हूटलाई प्रस्तुत गर्दछ जसमा एक्सेसिबिलिटीको सुविधाहरू, लामो ब्याट्री जीवन, बिल्ट टु लास्ट कडा शरीर र पहिलेको प्रसिद्ध स्नेक गेम उपलब्ध रहेको छ । नोकिया ६३१० ले आजको आवश्यकताको लागि पहिले धेरै रुचाइएको क्लासिक नोकिया फोनहरूको पुनरुत्थानलाई पछ्याएको छ ।

प्यान एसिया एचएमडी ग्लोबलका क्षेत्रीय प्रमुख तथा जेनेरल म्यानेजर रबि कुँवर भने, ‘नोकिया ६३१० एक पुनः कल्पना गरिएको फीचर फोन हो र सबै नोकिया फोनहरू जस्तै यो लामो समयसम्म टिक्नको लागि बनाइएको छ। हाम्रा फिचर फोनहरूले जीवनमा खेल्ने भूमिकाहरुलाई धेरै महत्व दिन्छ। त्यसैले फिचर फोन तपाईंको गो–टु उपकरण होस्, चाडपर्वको लागि आवश्यकता होस् वा जस्ट–इन केस ह्यान्डसेट होस्, नोकिया ६३१० ले तपाईंलाई हरेक बेला सहयात्रीको रुपमा मद्दत गर्दछ ।’

तपाइँलाई मनपर्ने क्लासिक सुविधाहरू

नोकिया ६३१० लाई ताजा र पुनः आविष्कार गरिएको छ जसले स्क्रिन टाइमलाई पहिले भन्दा धेरै सहज र रमाइलो बनाउँछ। ठूला पुश बटनहरू र एम्पल डिस्प्लेको साथ, तपाईंले मेसेजहरू पढ्न, प्रियजनहरूसँग कनेक्ट हुन वा आफ्नो मनपर्ने एप्लिकेसनहरू सजिलै र गतिमा फेला पार्न सक्नुहुन्छ ।

नोकिया ६३१० को साथ तपाईंले आफ्नो मनपर्ने न्यूजको च्यानलहरू, खेलकुदहरु वा संगीत स्टेशनहरू भरपर्दो कनेक्टिभिटीको साथ सुन्न सक्नुहुन्छ वा पहिलेको प्रसिद्ध स्नेक गेम पनि खेल्न सक्नुहुन्छ! यो ह्यान्डसेटले तपाइँलाई चाहे साथीहरूसँग भेट्दै गर्नुभएको बेला वा काममा लामो दिन पछि आराम गरिरहनु भएको बेलामा तपाइँको डाउनटाइमको अधिकतम सदुपयोग गर्न मद्दत गर्दछ ।

तपाईंले विश्वास गर्ने सुविधाहरू भएको परिचित फोन

उन्नत जूम इन मेनु र ठूला फन्टहरुको विकल्पहरूको साथ, नोकिया ६३१० ले तपाईँको आँखा गाँडेर पढ्न पर्ने दिनहरुको अन्त्य गर्दछ। यो मौलिक शैलीको नोकिया फोन एक्सेसिबिलिटी मोडको साथ अझ सुविधाजनक भएको छ । यो कार्यक्षमताले स्वचालित रूपमा तपाइँको उपकरणको दृश्यलाई एक पटकमा एउटा आइकनमा कन्फिगर गर्न सक्छ, सुधारिएको पठनीयताको लागि ठूलो फन्टहरु प्रस्तुत गर्न सक्दछ र यसको अधिकतम भोल्युमको साथ तपाइँले कहिल्यै पनि आफ्नो महत्वपूर्ण कल छुटाउन पर्ने छैन। नोकिया ६३१० को सहज सेटअपको ह्यान्डसेटले तपाईको लागि सबै कडा परिश्रम गर्दछ र यसलाई प्रयोग गर्न पनि निकै सजिलो छ।

नोकिया ६३१० कोे हप्ता दिन सम्म टिक्ने ब्याट्री लाइफको क्षमता रहेको छ। त्यसैले तपाईं अब आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन सक्नुहुन्छ र तपाईंले चार्जर कहाँ छोड्नुभयो भन्ने चिन्ता नगरिकन समय बिताउन सक्नुहुन्छ। यसको लामो समयसम्म चल्ने ब्याट्रीको साथ, नोकिया ६३१०को कोरमा निर्भरता रहेको छ।

लामो समयसम्म टिक्न पर्याप्त बलियोे रहेको फोन

यो उपयोगी फिचर फोन स्टाइलिश र आधुनिक मेटालिक एक्सेन्टहरूको साथ आउँछ र उपकरणको रेट्रो इतिहासलाई ध्यानमा राख्दै, यो गहिरो गाढा हरियो र डेरिंग पहेंलो रंगका ताजा र बोल्ड रङको भेरियन्टहरूमा उपलब्ध रहेको छ।

राम्रो अनुभवको लागि पुनः डिजाइन र रिफ्रेस्ड गरिएको, नोकिया ६३१० लामो समय सम्म टिक्नको लागि बनाइएको छ। ड्युराबिलिटीकोे साथ, यो फोनमा कडा पोली कार्बोनेटको शेल रहेको छ जुन दैनिक जीवनमा आउन सक्ने नक्स र बम्पहरूबाट सुरक्षा प्रदान गर्न पर्याप्त बलियो रहेको छ।

मूल्य र उपलब्धताः  

नोकिया ६३१० नेपालमा गाढा हरियो र पहेँलो रंगमा उपलब्ध छ जसको मूल्य ६ हजार २९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स