काठमाडौं । नेपाल वैदेशिक व्यापारमा ठूलो घाटामा रहेको छ । दुई महिनाको अवधीमा नेपाल २ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटामा रहेको छ ।
यति ठूलो घाटा हुँदा हुँदै पनि केहि देशमा भने आयातको तुलनामा निर्यात नै धेरै भैरहेको छ ।
चालू आर्थिक वर्षको साउन र भदौ महिनाको तथ्यांक अनुसार वस्तु आयात बढेको देखिएको छ । गत वर्षको दुई महिनामा २ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा चालू आर्थिक वर्षको दुई महिनामा २ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
वस्तु निर्यात भने घटेको छ । गत आर्थिक वर्षको दुई महिनामा २६ अर्ब ४४ करोड रुपैयाँको निर्यात भएकोमा चालू आर्थिक वर्षको दुई महिनामा २५ अर्ब ९ करोड रुपैयाँ बराबरको भएको छ । दुई महिनामा २ खर्ब ३७ अर्ब रुपैयाँ व्यपार घाटा पुगेको छ ।
यो तथ्यांकले नेपालको व्यापार घाटा धेरै नै ठूलो देखिन्छ । तर, केहि देशसँग भने नेपाल नाफामा समेत रहेको छ ।
वैदेशिक व्यापारमा नेपाल नाफामा रहेका देशहरु
१.अफगानिस्थान
२.अरुबा
३.अष्ट्रिया
४.बोस्निया
५.केम्यान आइसल्याण्ड
६.चाँद
७.क्रोएसिया
८.जर्जिया
९.आइसल्याण्ड
१०.इरान
११.लाटभिया
१२.लेभनान
१३.रसिया
१४.सुडान
१५.युके
१६.युरुग्वे
१७.उब्जेकिस्थान
१८.भेनेज्वेला
यी देशहरुमा व्यापार नाफा हुनुमा नेपालको औपचारिक वैदेशिक व्यापार नै निकै कम रहेको कारण देखिन्छ । औपचारिक व्यापार हुने कुनै पनि देशमा नेपाल वैदेशिक व्यापारमा नाफामा छैन ।