साढे ३ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौथो दिन पनि सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ अंक विन्दुमा आइपुगेको छ ।

आज ८३ लाख १२ हजार कित्ता सेयर ३ अर्ब ७६ करोड १५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३० वटा कम्पनीको सेयर मूल्य बढ्दा १०२ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २२ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सानिमा बैंकको १८ करोड ९८ लाख, हिमालयन रि इन्स्योरेन्सको १५ करोड ७२ लाख, साहस उर्जाको १५ करोड २७ लाख, एनएलजी इन्स्योरेन्सको ९ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स