प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आज असोज २३ गते काठमाडौंको आम्रापाली ब्याङक्वेटमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्त पुँजीको १० प्रतिशत बोनस सेयर र कर बापत ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । यसैगरी, बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीको ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित भएको छ ।

साथै, आर्थिक वर्ष २०७९/८० को वासलत, नाफा(नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू पारित भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स