क्यानालिस रिपोर्ट अनुसार रियलमी तेस्रो स्थानमा, अघिल्लो क्वाटरको तुलनामा २५७% ले वृद्धि

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमी अब नेपालमा पनि सबैभन्दा छिटो अघि बढ्ने स्मार्टफोन बनेको छ । क्यानालिसमा प्रकाशित रिपोर्ट अनुसार २०२१ कोे तेस्रो क्वाटरमा तेस्रो स्थानमा रहेको रियलमीको सबैभन्दा ठूलो जित मानिएको छ । यस रिपोर्ट अनुसार नेपालमा रियलमीले अघिल्लो क्वाटरको को तुलनामा २५७% ले वृद्धि गर्दै यो क्वाटरमा सबैभन्दा धेरै वृद्धि देखाएको छ । पछिल्लो क्वाटरमा अनुमानित सेल–ईन स्मार्टफोन ढुवानी अन्तर्गत यो रिपोर्ट अध्ययन गरिएको थियो ।

हाल नेपाली बजारमा रियलमीले १४% हिस्सा ओगटेको छ । अघिल्लो क्वाटरको तुलनामा यो क्वाटरमा रियलमीले २५७% को स्मार्टफोन ढुवानी वृद्धि गर्दै सबैभन्दा सफल स्मार्टफोन ब्रान्ड बनेको हो । सामसङ्गले तेस्रो क्वाटरमा स्मार्टफोन ढुवानीमा ३९% को वार्षिक गिरावटको सामना गरेको छ । यसैगरी, शाओमी ले सोही अवधिमा ५५% को गिरावटको सामना गर्नुपरेको छ । यस गिरावट पश्चात् पनि यी दुवै स्मार्टफोनहरु क्रमशः ३९% र २४% को नेपाली बजार हिस्सा ओगटेर ठूलो ब्रान्ड मै यथावत रहेका छन् ।

नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोबाईल्स को साथमा रियलमीले नेपालमा २०१९ मा डेब्यु गरेको थियो । अप्रतिस्पर्धी मूल्य निर्धारणका कारण यो नेपालमा सफल हुन सकेको थिएन । यसपछि कम्पनीले नेपालमा आफ््नो रणनीति परिवर्तन गर्ने निर्णय गरेको थियो । रियलमीले फेरी शङ्कर ग्रुपको साथमा नेपाल प्रवेश गर्दै प्रतिस्पर्धी मूल्य राख्ने वाचा गरेको थियो । पछिल्लो क्वाटरमा रियलमीको सबैभन्दा ठूलो उत्पादनहरुमा रियलमी ८आइ, रियलमी सी२१वाइ, रियलमी सी२०, रियलमी सी२१, र रियलमी सी११ पर्दछन् । यिनीहरुले शक्तिशाली ब्याट्री, मेगा डिस्प्ले र सुन्दर फोटो जस्ता गुणात्मक विशेषताहरुका साथ उक्त स्थान प्राप्त गरेको हो ।

हाल रियलमी ले जिटी नियो २ जस्ता डिभाइसहरुसँग आफ्नो पोर्टफोलियो विस्तार गरेको छ । आफ्नो ‘डेर टु लीप’ भन्ने नाराका साथ रियलमीले मानिसहरुको मन जितेको छ । २०२२ सम्ममा नेपालको दोस्रो ठूलो स्मार्टफोन ब्रान्ड बन्ने रियलमीले योजना राखेको छ र उल्लेखित सर्भेलाई ध्यानमा राख्दा यो लक्ष्य चाँडै नै पुरा हुने देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स