०.५ प्रतिशतसम्म संस्थापक सेयर हुनेले बैंकबाट ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकमा संस्थापक सेयर हुनेलाई पनि ऋण दिनमिल्ने व्यवस्था गरेको छ । आज राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार ०.५ प्रतिशतसम्म संस्थापक सेयर रहेने सेयरधनीले ऋण लिने व्यवस्था गरिदिएको हो ।

राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तिय संस्थाको संस्थापक सेयर धारण गरेका लगानीकर्ता वा फर्महरुलाई ऋण नदिने व्यवस्था कार्यान्वयन गरिरहेको थियो । त्यस्तै, बैंक तथा वित्तिय संस्थाको चुक्ता पुँजीका एक प्रतिशत भन्दा बढी सेयर धारण गर्ने लगानीकर्ता, फर्म वा कम्पनीले पनि सोही बैंक तथा वित्तिय संस्थाबाट ऋण नपाउने व्यवस्था अहिलेसम्म थियो ।

तर आज जारी भएको सर्कुलरबाट भने कुनै पनि बैंक तथा वित्तिय संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतसम्म सेयर धारण गर्ने संस्थापक सेयरधनी र एक प्रतिशतसम्म साधारण सेयर धारण गर्ने व्यक्ति तथा फर्म वा कम्पनीले आफ्नै संस्थाबाट ऋण लिन सर्कुलरमा भनिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन(बाफिया) संसोधनका लागि पठाएको व्यवस्थाको ठिक विपरिद हुने गरि बैंकका सेयरधनीहरुले आफ्नै संस्थाबाट सहजै ऋण लिन पाउने सुविधा ल्याएको देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स