आशा लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

लघुवित्तले हाल कायम चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले ९ करोड १४ लाख ३० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको थियो ।

कम्पनीले लाभांश सम्बन्धी प्रस्ताव पठाइएकोमा राष्ट्र बैंकले असोज २१ गते स्वीकृति दिएको हो ।

अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले बोनस सेयर पाउनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स