६९ अंकले नेप्से बढ्दा पनि यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ६९.२२ अंकले बढेर २७८४.५८ विन्दुमा पुगेको छ । आज मंगलबार २२७ कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये १७१ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज मंगलबार १ करोड ९३ हजार २२१ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५६ रुपैयाँको कारोबार भएको छ । उक्त कारोबारमा ५९ हजार ३१६ पटक सेयर खरिद बिक्री भएको छ ।

विजया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २.३७ प्रतिशतले घटेको छ । आज मंगलबार संस्थाको प्रति कित्ता सेयर एक हजार ६५० रुपैयाँमा कारोवार छ । हिजो सोमबार कम्पनीको प्रति कित्ता सेयर एक हजार ६९० रुपैयाँमा खरिद बिक्री भएको थियो । कम्पनीको प्रति कित्ता सेयर मूल्य ४० रुपैयाँले घटेको छ ।

१०% नेपाल एसबिआई बैंक डिवेन्चर २०८६ को सेयर मूल्य २.३४ प्रतिशतले घटेको छ । आज मंगलबार कम्पनीको प्रति कित्ता सेयर एक हजार एक रुपैयाँमा कारोवार भएको छ । हिजो कम्पनीको प्रति कित्ता सेयर मूल्य एक हजार २५ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीको प्रति कित्ता सेयर मूल्य २४ रुपैयाँले घटेको छ ।

आज मंगलबार लक्ष्मी ईक्वीटी फण्डको प्रति कित्ता सेयर मूल्य १०.०२ रुपैयाँमा कारोवार भएको छ । हिजो कम्पनीको प्रति कित्ता सेयर १०.२० रुपैंयामा कारोबार भएको थियो ।

मिथिला लघुवित्त वित्तीय संस्थाको मंगलबार प्रति कित्ता सेयर मूल्य एक हजार ९८५ रुपैयाँमा कारोबार भएको छ । हिजो कम्पनीको प्रति कित्ता सेयर मूल्य २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीको प्रति कित्ता सेयरको मूल्य २० रुपैयाँले घटेको छ ।

आज मंगलबार एनजिएल ईन्स्योरेन्स कम्पनीको प्रति कित्ता सेयर ९३६ रुपैयाँमा खरिद बिक्री भएको छ । हिजो प्रति कित्ता सेयर ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स