कन्ट्रयाक्टमा वस्तु उत्पादन गर्ने उद्योगले आवेदन दिन सक्ने, तयार भयो ढाँचा

काठमाडौं । कुनै उद्योगले अन्य उद्योगसँग कन्ट्रयाक्ट गरेर वस्तु उत्पादन गर्न अनुमिति लिने काम अघि बढेको छ । लगानी सम्मेलनको समयमा औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्दै यो व्यवस्था गरेपनि त्यसको लागि अनुमति लिने आवेदनको ढाँचा नै थिएन ।

अहिले ढाँचा बनेर उद्योग विभागले सार्वजनिक गरेको छ ।

विभागले सार्वजनिक गरेको ढाँचा अनुसार अब उद्योगीहरुले कन्ट्रयाक्टमा वस्तु उत्पादनको प्रक्रिया अघि बढाउन सक्ने भएका हुन् ।

कुनै उत्पादनमूलक उद्योगले अन्य उद्योगसँग करार (कन्ट्रयाक्ट) गरेर वस्तु उत्पादन गर्न कानुनी व्यवस्था थिए । तर पनि केहि कम्पनीले त्यसको प्रयास भने गरिरहेका थिए ।

अब भने कानुनी व्यवस्था गरेर नै उद्योगहरुलाई काम गर्न दिइने भएको हो । लगानी सम्मेलनको समयमा लगानी सहजीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा उद्योगले उद्योगसँग करार गर्न सकिने व्यवस्था ल्याइएको थियो ।

उक्त अध्यादेशले औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्दै समान उद्देश्य लिई प्रचलित कानून बमोजिम दर्ता भएका उद्योग, फर्म, कम्पनी, वा प्रतिष्ठानले एक आपसमा करार वा उपकरार गरी वस्तु वा सेवाको उत्पादन गर्न वा गराउन सक्ने छन् भन्ने व्यवस्था गरिदिएको छ ।

जस अनुसार उदोग विभागले त्यसको लागि आवेदन दिने ढाँचा समेत तयार गरेको हो ।

अर्को तर्फ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले करार सम्बन्धमा नयाँ कार्यविधि समेत बनाइसकेको छ । कार्यविधिमा कुनै एक उद्योगले अन्य उद्योगसँग करार गरेर वस्तु उत्पादन गर्न पाउने छ । अन्य उद्योगसँग करार सम्झौता भएको विषय भने सरकारलाई जानकारी गराउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

त्यस्तै गरि वार्षिक रुपमा कति उत्पादन गरिने तथा कुनकुन वस्तुहरु उत्पादन हुने भन्ने समेतको जानकारी गराउनुपर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स