बाढी,पहिरो र डुबान : ७ अर्ब २८ करोडको बीमा दाबी

काठमाडौं । गत हप्ता आएको बाढी पहिरोबाट धेरै धनजनको क्षतिको विवरण प्राप्त भैरहेको छ । धेरै मान्छेहरुको ज्यान नै लिएको यस प्रकोपले घर, गाडी तथा अन्य भौतिक संरचनाहरुलाई समेत बिगार्यो ।

बिग्रिएका भत्किएका र विनास भएकाको बीमाको दाबी भुक्तानीको लागि माग हुन थालेको छ ।
बाढी पहिरो र डुबानका कारण कृषि, पशुपन्छी मोटर सम्पत्ति, सामुद्रिक र विविध क्षेत्रमा अतुलनीय क्षेति पुर्याएको र त्यो ठूलो रकम बीमा दाबी रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

२०८१ असोज १० गते देखि देशका अधिकांश स्थानमा परेको अबिरल वर्षाले बाढी पहिरो र डुबानका कारणले भएको क्षतिबाट विभिन्न बीमा कम्पनीहरुले बीमा रकम दाबी गरेका छन् ।

प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचना बमोजिम दाबी संख्या २ हजार ३ सय ३७ रहेको छ ।
कम्पनीहरुले प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचना बमोजिम दाबी रकम जम्मा ७ अर्ब २८ करोड ८५ लाख १९ हजार १ सय २ रुपैयाँ रहेको छ ।

सबै भन्दा बढी रकम दाबी गर्ने बीमा कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा रहेको छ । उक्त कम्पनीकोे १ अर्ब ८१ करोड ४ लाख १२ हजार रकम दाबी गरेको हो । त्यस्तै दि. ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ४४ करोड १० लाख ६५ हजार २ सय ५२ रुपैयाँ दाबी गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले १ अर्ब १७ करोड ४१ लाख ५५ हजार ३ सय ४४ रकम दावी गर्दा नेको इन्स्योरेन्स कम्पनीले ८९ करोड ८४ लाख २७ हजार ६ सय ७९ रुपैयाँ दाबी गरेको छ ।

त्यसैगरी शिखर इन्स्योरेन्स कम्पनीले  ४६ करोड ५८ लाख ५१ हजार ३१ रकम दाबी गरेको छ भने नेशनल इन्स्योरेन्स कम्पनीले २३ करोड ६६ लाख १३ हजार ४५५ दाबी गरेको छ ।

आइजीआई प्रडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले २० करोड ६४ लाख ४० हजार रुपैयाँ रकम दाबी गर्दा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ करोड २४ लाख ९ हजार ७७२ दाबी गरेको छ ।

त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १२ करोड ६ लाख २० हजार ५ सय ६९ रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्स लिमीटेडले ७ करोड ४४ लाख ४० रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६३ करोड, प्रभु इन्स्योरेन्स लिमिटेडले ४ करोड ७ लाख १६ हजार, सानिमा जिआई इन्स्योरेन्स लिमिटेडले २ करोड ८६ लाख ९५ हजार रकम दाबी गरेका छन् ।

त्यसैगरी स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड ६१ लख ३६ हजार दाबी गर्दा ट्र«स्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ९ लाख २० हजार दाबी गरेको छ ।

त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड ४ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड १ लाख ३० हजार दावी गरेको बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।

क्षति पुगेकाहरुले छिट्टो दावी गर्न समेत प्राधिकरणले भनेको छ । दाबी गर्न प्रहरीको रिर्पोट समेत नलाग्ने बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स