विचार नमिले जसरी तर शान्तिपूर्ण काम गरिरहेका प्रधानमन्त्री र अर्थमन्त्री…

काठमाडौं । सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । दोस्रो ठूलो दलले नेतृत्व गरेको सरकारमा अर्को प्रमुख पद उपप्रधान तथा अर्थमन्त्रालयको जिम्मेवारी समेत एमालेबाट नै छ ।

विष्णुप्रसाद पौडेल उक्त जिम्मेवारीमा छन् । केपी शर्मा ओली र विष्णुप्रसाद पौडेल पार्टी र सरकारमा समान परिवेशमा रहेका छन् ।

एउटै दलबाट प्रधानमन्त्री र उपप्रधान तथा अर्थमन्त्री रहेका छन् । यसरी हेर्दा सम्बन्ध निकै राम्रो होला सबैंको सोचाई छ । त्यो सोचाइ साँचो नै हो । सम्बन्ध बिग्रीएको छाँट कहिबाट नै देखिदैन ।

प्रधानमन्त्री तथा अर्थमन्त्रीको अहिलेसम्म मौखिक रुपले तुष हुने गरि विवाद नै भएको छैन । अर्थमन्त्री पौडेल प्रधानमन्त्रीलाई जुनबेला भेट्दा पनि आदार गर्छन् । मौखिक रुपमा भएका निर्देशनमा नाई भन्दैनन्, हस् नै भन्छन् । काम होस् वा नहोस् उनले पार्टी अध्यक्षको बचनलाई नाई भन्न जानेका छैनन् ।

तर, पछिल्लो समय हस् भनेका धेरै कुरा अर्थमन्त्रीबाट पेन्डिङमा बसिसकेका छन् । केहि काम त प्रधानमन्त्रीले भने भन्दा फरक ढंगबाट गरौंकी भन्ने जमर्को समेत गरेका छन् ।

त्यही कारण प्रधानमन्त्री र अर्थमन्त्री खुलेर कुराकानी नभएको लामो समय भैसकको छ । भेट दिनहुँ जस्तो भैरहेको छ । ‘वान टू वान’ भेट पनि भैरहेको छ । प्रधानमन्त्री कामकाजी कुरा गर्छन् पनि तर मनमा लागेको कुरा भन्दैनन् । अर्थमन्त्री त्यस्ता कुराको अपेक्षा अझै गर्छन् तर प्रधानमन्त्री औपचारिक कुरामै जोड दिन्छन् ।

रणनीतिक साझेदारी पछिल्लो समय भैरहेको छैन । पौडेल पटकपटक अर्थमन्त्री भैसकेका व्यक्ति हुन् । विभिन्न चरणमा ओलीकै चाहनामा उनी अर्थमन्त्रीको जिम्मेवारीमा हुँदै आएका हुन् ।

यो पटक अर्थमन्त्रीनै हुननै पौडेलले अरुलाई भनसुन गर्न लगाएको आशंक प्रधानमन्त्री ओलीलाई सुरुदेखि नै परिरहेको छ । ओलीले पौडेललाई उपप्रधान तथा मन्त्री पद दिनुपर्छ भन्नेमा ‘कन्भिन्स’ नै थिए । तर मन्त्रालय छनौट भैसकेको थिएन । अन्य कोहि प्रभावशाली व्यक्तिबाटै विष्णुप्रसाद पौडेलको नाम अर्थमन्त्री मै रहुनुपर्छ भनेर आयो । जसले प्रधानमन्त्री त्यसलाई राम्रो रुपमा हेर्न सकेनन् ।

तर नाम आउनु र पौडेल ओली निवास पुग्नु एकै  समय जस्तो भयो । अनुहारमा हेरे खिस्स हाँसे । ओलीले भने ‘उतापनि पुगेर आउनु भएको ?’

पौडेल बोलेनन् , मुस्कान मात्रै दिए ।

दुई मुस्कानले सम्बन्ध बिगार्न दिएन र अन्तरमनको कुरा खोल्ने पनि वातावरण बन्न नसक्ने अवस्था आयो । असार अन्तिममा नै सुरु भएको अन्तरमन नखोल्ने सम्बन्ध दिनप्रतिदिन प्रगाढ बन्दै छ । अन्तरमन नखोल्ने सम्बन्ध बलियो बन्न काम सुरु भएको कर्मचारीको सरुवाबाटै हो ।

पौडेलले अर्थ सहसचिवलाई सरुवा हुन अगावै सेट गर्न भ्याए । जुन पौडेलको कुटिल चाल थियो । त्यसपछि अर्थसचिवको भूमिकामा को राख्ने भन्ने विषय त्यसमा पनि उनले प्रधानमन्त्रीलाई रुष्ट नबनाएझै तर उनले चाहेको व्यक्ति एक व्यक्तिलाई पनि प्रवेश हुने गरि व्यवस्था मिलाए ।

यी सबै विषय प्रधानमन्त्रीले हरेक दिन ध्यान दिन पाउँदैनन् । तर पछि टिमले ब्रिफिङ गर्दा भने चाल पाउँछन् । पछिल्लो समय भने नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीको विषय र वर्तमान आर्थिक क्रियाकलापमा अर्थमन्त्रालयको भूमिका महत्वपूर्ण हुँदा विष्णु पौडेलले अनौपचारिक रुपमा एक व्यक्तिलाई सल्लाहाकारको भूमिकामा राखेको प्रधानमन्त्री ओलीको बुझाई छ । ओलीको समेत सम्बन्ध राम्रो नै रहेको ती  व्यक्तिलाई अनौपचारिक भूमिका दिएको विषय ओलीलाई रुचि भैरहेको छैन ।

प्रधानमन्त्रीलाई समेत सोहि व्यक्ति मार्फत कुरा पुर्याउँदै आएका छन् । यी घटनाक्रम र भएका काममा आफु ग्याप भएको देख्दा प्रधानमन्त्रीले अर्थमन्त्री पौडेललाई मनको दुरीमा राखेको स्पष्ट देखिन्छ ।

पछिल्लो समय धितोपत्र बोर्डको अन्तरवार्ता पुन: आब्हान हुनु र स्थगित हुनु  पनि प्रधानमन्त्री र अर्थमन्त्री आफैमा बसेर सल्लाह नभई काम भैरहेको बाहिरबाटै देखिन्छ ।

अहिले हेर्दा यस्तो लाग्छ की ओली र पौडेल दुई पार्टीका नेता हुन् । उनीहरु सँगै सरकारमा त छन् । तर विचार नमिले जसरी काम गरिरहेका छन् ।

चर्चाचर्कीको रुपमा काम भैरहेको छैन । काम शान्तिपूर्णनै भैरहेको छ । तर विश्वास नगरिकन गोप्य र रणनीतिक विषयहरु साझा नगरिकन…

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स