प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको दुई करोड सहयोग

काठमाडों । नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रूपैयाँ उपलब्ध गराएको छ। उक्त चेक बैंकले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढीपहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न उक्त रकम दिएका हुन्।

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स