भित्रिएका दसैंका लागि खसी, बोका र च्याङ्ग्रा, गत वर्षको भन्दा सस्तो

काठमाडौं । नेपालीहरूको महान चाड वडा दशैँ नजिकिएसँगै काठमाडौंमा खसी, बोका, च्याङ्ग्रा भित्रिका छन् । यस वर्षको बडा दशैँको अवसर पारेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारदेखि खसी, बोका, च्याङ्ग्रा बिक्री सुरु गरेको हो ।

विभागको यस वर्ष १४ सय खसी, बोका र ३ सय च्याङ्ग्रा खरीद बिक्री गर्ने योजना बनाएको छ । तर, हालसम्म ६ सय ८६ खसी, बोका, च्याङ्ग्रा प्राप्त गरेको विभागकी सहायक विभागीय प्रमुख ज्ञानु थापाले बताइन ।

यस वर्ष च्याङ्ग्रा मुस्ताङको सहकारीले काठमाडौं डेलिभरी दिने गरेर खरिद गरेको हो भने खसी बोका नवलपुरको सहकारी र हेटौडा, दाङबाट खरिद गरेको उनले बताइन् ।

जिउँदो खसी र बोका साविकको मूल्य प्रति केजी ६७० रुपैयाँ भए पनि १० छुट दिएर प्रति केजी ६६० रुपैयाँमा बिक्री मूल्य तय भएको छ भने च्याङ्ग्रा साविकको मूल्य प्रति केजी १ हजार २३० भए पनि १० छुट दिएर प्रति केजी १ हजार २२० रहेको छ ।

खसी बोकाको बजार मूल्यलाई स्थिर बनाउन यस कम्पनीले काम गरिरहेको छ । विपतको समयमा बाढी पहिरोले बाटोको असहजता हुँदा हँुदै पनि सहकारी र ढुवानीकर्ताहरुसँग समन्वयन गरेर सहयोग गरिदन अनुरोध गरेको र अहिले खरिद र ढुवानी गर्ने काम भैसकेको उनले बताइन् ।

गत वर्ष ५४२ वटा च्याङ्ग्रा र १६ सय २ खसी, बोका थिए । गत वर्षको तुलनामा यस वर्ष कम खसी बोका र च्याङ्ग्राहरु काठमाडौ भित्रिएका छन् । गत वर्ष भन्दा यस वर्ष खसी, बोका प्रति के जी १० रुपैयाँ छुट गरेको र च्याङ्ग्रामा ३० रुपैयाँ सस्तो गरी बेचेको उनले उल्लेख गरिन् ।

उनले भनिन ‘नाफा आर्जन गर्ने उदेश्य नरहेको र नेपाल सकारको निर्देशन बमोजिम कार्य गर्नुपर्ने हुनाले नाफा भन्दा पनि बजार मूल्यलाई स्थिर राख्नको लागि लागत भन्दा कम न्यूनतम मूल्य राखेर नाफा नजोडेर गत वर्ष भन्दा वर्ष केहि सस्तो भएको छ ।’

भेटेनरीको डाक्टरहरुले चेक जाँच गरेर पठाएपछि यहाँ प्राप्त गरेर केन्द्रीय पशु रिफरल सेन्टरमा समन्वय गरेर पुन परिक्षण हुने र त्यहाँ बाट प्रत्येक दिन परिक्षक आएर चेक जाँच गरेर हरियो रङ् लगाइदिए पछि स्वच्छ छ भनेर बिक्री गर्ने गरिएको छ ।

वन डिभिजन कार्यलयमा पत्र पठाएर त्यहाबाट सामुदायिक वनहरुमा पत्र पठाइ सम्झौता गरेर त्यहाँबाट ल्याउने गरेको उनले भनिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स