काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा बाढी पहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागि निम्न वमोजिमका खाद्यान्न सामग्रीहरु सहयोग गरिएको छ ।
चामल – ३६० वोरा, चिउरा – १०० व्याग, मसुर दाल – ४० व्याग, र तोरीको तेल –२० कार्टुन सहयोग स्वरुप उपलव्ध गराएको छ । उक्त सहयोग सामग्रीहरु उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीलाई संघका अध्यक्ष विकास दुगड तथा प्रतिनिधी मण्डलले मन्त्रालयमा हस्तान्तरण गरिएको थियो ।
उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा केहि भएपनि राहत प्राप्त हुने विश्वास यस संघले लिएको छ ।