यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज आइतबार अधिकांश विदेशी मुद्राको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर, युरो, दिनार, पाउन्डसहित सबैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छैन । हिजो जुन मूल्यमा कारोबार भएको आज पनि विदेशी मुद्राहरुको कारोबार सोही मूल्यमा हुने छ।

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा छ ।

हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा कायम भएको छ।

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा निर्धारण भएको छ।

कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा कायम भएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स