यस्तो छ आज अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आज शनिबार अमेरिकी डलरको भाउ यथावत रहेको छ । आज आज अमेरिकी डलरको मूल्य हिजोकै यथावत रहँदा अरु धेरै मुद्राको विनियमदर घटबढ भएको छ । अस्ट्रेलियन डलर, युरो, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य आज घटेको छ भने पाउन्डको मूल्य भने बढेको छ।

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

आज यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ६८ पैसा थियो।

पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४४ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा थियो।

कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १७ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स