सिटिजन्स बैंकको ‘डिजिटल मन्थ’ योजना, ग्राहकले डिजिटल भुक्तानीमा पाउनेछन् यस्ता सुविधा

काठमाडौं । सिटिजन्स बैंक लिमिटेड पछिल्लो समय समकालिन रुपमा अघि बढ्दै गएको छ । बजार, ग्राहक र विश्व परिस्थितिलाई मध्यनजर गर्दै बैंक आफ्नो सेवाको क्षेत्र विस्तार गर्न तलिन् रहेको छ ।

यस बैंकले विभिन्न समयमा ल्याउने स्किम होस् वा बाह्रै महिना दिने सेवा नै किन नहोस् केन्द्रमा आफ्ना ग्राहकलाई राख्दै आएको छ । जसको कारण पनि बैंकको सेवामा ग्राहकहरुलाई आत्मसन्तुष्टी मिलिरहेको प्रतिकृया समेत देख्न सकिन्छ ।

यसको एक उदाहरण हालै सार्वजनिक भएको ‘डिजिटल मन्थ’ नामक स्किमलाई पनि लिन सकिन्छ । नेपालमा बैंक तथा वित्तिय क्षेत्रमा डिजिटल सेवा दिनेहरुको संख्या बढिरहेको छ । त्यस्तैगरि डिजिटल सेवा प्रदान गर्न पनि बैंकहरु अग्रसर नै भैरहेका छन् ।

अझ यस बैंकले प्रवद्र्धन काम सुरु गरेर बैंक तथा वित्तिय संस्थाहरु अघि बढिरहेको नै देखिन्छ । वित्तिय सेवा तथा भुक्तानी क्षेत्रमा डिजिटल बेस कारोबार बढ्न थालेको भने धेरै लामो समय भएको छैन ।

छोटो समयमा प्रगति गरिरहेको डिजिटलाइजेशनलाई अझ अघि ल्याउन र ग्राहकलाई हौसला प्रदान गर्न बैंकले यस योजना ल्याएको देखिएको हो ।

बैंकले पछिल्लो सयम आन्तरिक धेरै काम डिजिटल प्रणालीबाट नै गरिरहेको छ । अब ग्राहकसम्म समेत पुग्न पर्छ भनेर अघि बढिरहेको बैंकले जनाएको छ । त्यसलाई नै आधार मानेर यो योजना ल्याएको र त्यसले ग्राहकलाई हौसला प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकका  डिपोजिट मार्केटिङ प्रमुख पारस विक्रम थापाका अनुसार कोभिड–१९को प्रभाव पछि जुन खालको डिजिटलाइजेशनले गति लिएको छ, त्यसमा इट्टा थप्ने काम सिटिजन्स बैंकले ल्याएको यस योजनाले गर्ने बताउँछन् ।

डिजिटल कारोबार नै होस् भन्ने बैंकको चाहना छ । हरेक सेवा डिजिटल प्रणालीबाटै होस् भन्ने चाहना अनुरुप बैंक लागिरहेको छ । त्यसमा अब ग्राहकहरुलाई बानी बसाल्न उनीहरुलाई आकर्षित गर्न यस योजनाले काम गर्ने विश्वास बैंकले लिएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘महान् पर्व दसैं सुरु भएको छ । त्यसमा ग्राहकलाई अकर्षित गर्न स्किम जारी भएको हो । तर सेवा भने निरन्तर नै चलिरहन्छ ।’

के के सुविधा पाइन्छ त डिजिटल मन्थ योजनामा ?
बैंकका अनुसार मु्ख्य गरि १० वटा सेवामा बैंक तथा सुविधा प्रदान गरेको छ । विभिन्न क्षेत्रमा विभाजन गरि बैंकले थप सेवा प्रदान गरेको थापा बताउँछन् ।

डिजिटल लन्ज

बैंकले दरबारमार्गमा स्मार्ट हब नै संचालनमा ल्याएको छ । यसमा मूख्य गरी लाइन बसेर काउण्टरमा तथा अन्य स्थानमा लिइने सेवामा सहजीकरण गर्ने भएको हो । डिजिटल प्रणालीले लाइन नै बस्न नपर्ने गरि आफै सेवा लिन सक्ने व्यवस्था हुनेछ । बैंकले क्यास डिपोजिट मेसिन, चेक डिपोजिट मेसिन, एटीएम मेसिन सञ्चालनमा ल्याएको छ । चेक डिपोजिट र क्यास डिपोजिट गर्न अब काउन्टरमा लाइन लागिरहनु पर्दैन । यी मेसिन २४औं घण्टा खुला रहन्छन् । जतिबेला ग्राहकलाई सहज हुन्छ त्यही बेला गएर चेक र क्यास डिपोजिट गर्न सकिन्छ ।

दसैं क्याम्पेन
बैंकले ‘दसैंको लहर, सिटिजन्ससँग घर जाने रहर’ नाम दिएर नयाँ योजना जारी गरेको छ । यसले दसैमा घर जान चाहनेको लागि थप सुविधा मिल्ने भएको हो । बैंकको मोवाइल बैंकिङबाट एयरलाइन्सको टिकट काट्दा थप सुविधा पाइने छ । कर्मक्षेत्रबाट घर जानेहरुको लागि यो सेवा फलदायी हुनेछ ।

यसमा टिकट काट्दा ४ सय रुपैयाँ फिर्ता हुनेछ । यो योजना दशैंभरी कायम रहने छ ।

डिजिटल दक्षिणा
दसैंलाई मात्रै केन्द्रित गरेर ल्याएको अर्को महत्वपूर्ण योजना हो डिजिटल दक्षिणा । यसले नेपालमा हुँदै आएको अभ्यास तथा प्रचलनमा समेत सुधार ल्याउने विश्वास गरिएको छ । डिजिटल भुक्तानी बढिरहेको अवस्थामा दक्षिणा समेत अनलाइन भुक्तानी होस् भन्ने चाहना राखेर बैंकले यो योजना ल्याएको हो । यस वर्ष नयाँ नोट समेत वितरण नभको अवस्थामा यो योजनाले प्रभाव पर्न सक्ने विश्वास लिइएको छ ।

मोबाइल बैंकबाट क्यूआर स्क्यान गरी दक्षिणा दिँदा १ सय रुपैयाँ फिर्ता पाइने छ । भुक्तानी गर्दा डिजिटल दक्षिणा भनेर चाहिँ लेख्नुपर्ने हुन्छ । दक्षिणा रकम भने न्यूनतम ५ सय रुपैयाँ हुनुपर्नेछ । जस्तो सिटिजन्स बैंकको मोबाइल बैंकिङबाट ५ सय रुपैयाँ दक्षिणा दियो भने १ सय रुपैयाँ फिर्ता आउने बैंकको भनाइ छ । यो अफर टीकाको दिनदेखि पूर्णीमाको दिनसम्म रहने छ ।

मोबाइल बैंकिङ कारोबार

बैंकले दसैंमा ‘डिजिटल करोबार, सिटिजन्स बैंकबाट नगद फिर्ताको बाहार’ नाम योजना ल्याएको छ । यो योजना किनमेलसँग सम्बन्धित रहेको मार्केटिङ प्रमुख थापा बताउँछन् । उनी भन्छन् , किनमेल गर्दा बैंकको मोबाइल बैंकिङबाट कारोबार भयो भने १० प्रतिशत अथवा अधिकतम १ सय रुपैयाँसम्म फिर्ता पाइने छ । अर्को महत्वपूर्ण भनेको जो सुकैलाई पैसा पठाउँदा समेत क्यास ब्याक हुनेछ । यसको मतलव मोबाइल बैंकिङ, फण्ड ट्रान्सफर र मोबाइल टपअप गर्दा यो सुविधा पाइने भएको छ । यो योजना असोज १ गतेदेखि असोज ३० गतेसम्म कायम हुने बताइएको छ ।

डिजिटल कार्ड
बैंकले ‘चलाऊँ सिटिजन्स कार्ड, पाउँ क्यास ब्याकको उपहार’ नाम दिएर योजना ल्याएको छ । डिजिटल कार्ड प्रयोगकर्ताका लागि यो योजना लागू हुनेछ । यो महिनाभर कार्ड प्रयोग गरेर कारोबार गर्दा २ सय रुपैयाँसम्म क्यास ब्याक हुने बैंकले जानकारी दिएको छ ।

क्यूआर टेलर
बैंकले ‘क्यूआर टेलरबाट कारोबार पाउँँ उपहार नै उपहार’ नाम दिएर आफ्नो योजना ल्याएको छ । यस योजनामा बैंकको क्यूआर टेलरमा स्क्यान गरी नगद झिक्न सकिन्छ । हामी भुक्तानी गर्दा क्यूआर स्क्यान गर्दछौं त्यसै प्रकारले बैंकको शाखा कार्यालयमा गएर नगद झिक्न सकिने भएको हो । यो योजना असोज ६ गतेदेखि सुरु भैसकेको छ । र असोज १८ गतेसम्म लागू हुने बताइएको छ । सुरुमा उपत्यकामा मात्रै सेवा प्रदान गरेकोमा हाल अन्य स्थानमा समेत सेवा संचालनमा रहेको छ ।

मोबाइलमा सक्रिय बैंकिङ योजना
‘पहिलो कारोबार सिटिजन्ससँग, ग्राहक सबै दंग’ नाम दिएर यस बैंकले योजना ल्याएको छ । बैंकमा धेरै खालका ग्राहकहरु हुन्छन् । कुनै ग्राहक सुरुदेखि नै दिएको सबै सेवा लिन्छन् र प्रयोग गर्छन कोहि भने बैंकको धेरै सुविधा समेत प्रयोग नगर्नेहरु समेत हुन्छन् ।

त्यसलाई केन्द्रमा राखेर बैंकले मोबाइल बैंकिङको सुविधा लिएका र सक्रिय नभएकाहरुलाई समेत योजना सहभागिता गराउने गरि यो योजना ल्याएको हो । यसमा ग्राहकले पहिलो कारोबार गर्दा १० प्रतिशत अर्थात १ सय रुपैयाँ छुटको व्यवस्था गरेको छ । यो योजना असोज महिनाभरि कायम हुनेछ । मोबाइल बैंकिङ नवीकरण गर्ने ग्राहकले १५० रुपैयाँसम्म छुट समेत पाउने बैंकले जनाएको छ ।

डिजिटल रेमिट्यान्स

बैंकले ‘पाऊँ विदेशबाट पठाएको पैसा घर बसीबसी, सिटिजन्सले अझै पैसा थप्दा झन् खुसी’ नाम दिएर योजना ल्याएको छ । मोबाइल बैंकिङबाटै बैंक खातामा रेमिट्यान्स ल्याएमा १ सय रुपैयाँ फिर्ता पाइने छ । यो योजना असोज महिना संचालन हुने छ ।

स्मार्ट बचत योजना

बैंकले ‘स्मार्ट बचत खाता नगद फिर्ता र उपहार अभियान’ नाम दिएको यो योजनामा कागजात नचाहिने बताएको छ । तर प्रिन्टिङ पेपर हुने कुनै सेवा पनि नदिने भएको हो ।

यसमा खाता खोल्दा मोबाइल, इन्टरनेट बैंकिङ र कार्डमा पहिलो वर्ष निः शुल्क हुनेछ । दोस्रो वर्षदेखि ५० प्रतिशत कम हुनेछ । बैंकले यस योजनालाई ग्रीन प्रडक्टमा अघि बढाएको हो । यो महिना भरि लागू हुने योयोजनामा खाता सुरु गर्नेहरुले १ सय रुपैयाँ फिर्ता पाउने छन् । बैंकले लक्की ड्र थप पुरस्कारको समेत योजना ल्याएको छ । प्रत्येक प्रदेशबाट २।२ जनालाई थप पुरस्कार प्रदान हुने बैंकले जनाएको छ ।

मोवाइल टप अफ योजना

यस योजनामा बैंकले मोबाइल टपअप गर्ने ग्राहकहरूलाई १ सय रुपैयाँ प्रदान गर्नेछ र लक्की ड्र मा समेत समावेश गर्ने भएको हो । ५० विजेताले १०० रुपैयाँ टपअप र अन्य ५० ले डेटा प्याक प्राप्त गर्ने समेत बैंकले जनाएको छ । १ सय ५० जना भाग्यशाली विजेताहरू थप सेवा पाउने बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकले ‘डिजिटल मन्थ’ भरिमा राखेको क्यास ब्याकको योजनामा समावेश हुनेहरुलाई अर्को महिना सुविधा मार्फतको रकम प्रदान गरिने छ । मार्केटिङ प्रमुख थापाका अनुसार बैंकले छनोट गर्न समय लाग्ने छ । त्यस्तै गरि केहि स्किम फोनपेसँगको सहकार्यमा भएकोले केहि समय लाग्ने भएको हो ।

उनी भन्छन्,‘ ग्राहकलाई अब डिजिटाइजेशनमै लानुपर्ने छ । त्यसकारणले पनि बैंकले यस्ता योजना ल्याएको हो ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स