काठमाडौं । प्रभु महालक्ष्मी लाइफले नख्खु बाढीमा बगाएकालाई बचाउने काभ्रे तेमाल गाँउपालिका वडा नं. ९ का ३७ वर्षीय चनिकलाल तामाङलाई सम्मान गरेको छ।
ललितपुर महानगरपालिका नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल तामाङलाई कम्पनीले सम्मान गरेको हो ।
कम्पनीले असोज १६ गते कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका संचालक शंकर गौतम र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले तामाङलाई सम्मान गरेका हुन् ।
उनलाई कम्पनीले ३० लाख बीमांक रकमको बीमालेख सहित ११ हजार नगदसहित सम्मान गरिएको छ ।
प्रभुका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले तामाङलाई रियल हिरोको संज्ञा दिदै स्वतस्फुर्त रुपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताउदै प्रोत्साहन स्वरुप सम्मान गरिएको बताए।